भीम रावललाई पार्टी बाट निकालेपछि के भन्छन् एमालेका महासचिव पोखरेल ?

भीम रावललाई पार्टी बाट निकालेपछि के भन्छन् एमालेका महासचिव पोखरेल ?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अनुशासन विपरीतका कार्य गर्दा पूर्वउपाध्यक्ष भीम रावललाई सुध्रिने मौका दिएको बताएका छन्। शुक्रबार चितवनमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले भने, “भीम रावलका गतिविधिहरू पार्टीको अनुशासनसँग मेल नखाने भए पनि हामीले उनलाई सुध्रिने मौका दिएका हौं।”

महासचिव पोखरेलले संसदभित्र संसदीय ह्वीपलाई अत्यन्त महत्त्वपूर्ण मानिएको उल्लेख गर्दै, “ह्वीप उल्लंघन गर्दा स्वचालित रूपमा कारबाही हुने प्रचलन छ। संसदमा एमाले के गर्दै थियो र उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने सबैलाई थाहा छ। त्यसका बाबजुद पनि उहाँलाई सुधारको अवसर दिइएको हो,” भने।

उनले थपे, “रावलका गतिविधिहरू अनुशासन विपरीत रहेका कारण स्पष्टीकरण सोधिएको थियो। यदि कुनै विषयमा चित्त बुझेन र पार्टीले प्रश्न गरेर स्पष्टीकरण माग्यो भने त्यसको उत्तर दिनु पर्छ। जब उहाँले उत्तर दिएका छैनन्, तब उहाँले आफैँ बाहिरिने निर्णय गरेको प्रमाणित हुन्छ।”

महासचिव पोखरेलले रावलका कार्यहरू पार्टी अनुशासनको दायराभन्दा बाहिर रहेको कुरा प्रमाणित गर्न आवश्यक नपर्ने पनि उल्लेख गरे। “सबै कुरा स्पष्ट छ, प्रमाण जुटाउनुपर्ने छैन,” उनले भने।

अन्त्यमा, पोखरेलले रावललाई जिम्मेवारी पुर्याउँदा कार्यकर्ताहरूसँग जंगी अनुशासन लागू गर्ने खालको व्यवहार गर्ने व्यक्ति आफू अनुशासनको पालना नगर्नु अनौठो भएको टिप्पणी गरे। “उहाँ जस्तो व्यक्तिले आफूले जिम्मेवारी लिएका ठाउँमा जंगी अनुशासन लागू गर्ने त, आफू पनि अनुशासनको पालन गर्नुपर्दैन?” उनले प्रश्न गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स