राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति भएको करिब १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सो सहमतिबारे प्रतिक्रिया दिएका छन्। आइतबार राति ८ बजे दुई पार्टीबीच एकताको सहमति भए पनि घिसिङले मंगलबार मात्रै यसबारे मुख खोलेका हुन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले यसलाई ऐतिहासिक एकीकरणको सहमति बताएका छन्। उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको दिशामा आफूहरू एक ठाउँमा उभिएको उल्लेख गरेका छन्। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास आफूले लिएको पनि उनले बताएका छन्।
यसअघि शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा घिसिङको अनुहार मलिन देखिएको भन्दै उनी सहमतिबारे खुसी नभएको हो कि भन्ने आशंका व्यक्त हुँदै आएको थियो।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया