‘रास्वपा’को तर्फबाट चुनावमा उठ्ने चर्चा चलेको बेला के भन्छन् सञ्चारमन्त्री खरेल ?

‘रास्वपा’को तर्फबाट चुनावमा उठ्ने चर्चा चलेको बेला के भन्छन् सञ्चारमन्त्री खरेल ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हालसम्म निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’को तर्फबाट चुनावमा उठ्ने चर्चा चलेको बेला मन्त्री खरेलले यस विषयमा निर्णय नगरेको स्पष्टीकरण दिएका हुन्।

बुधबार नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको बताएका छन्। उनले भने, “मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। म आजसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, वार्ता वा छलफल पनि गरेको छैन। मेरो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको काममा केन्द्रित छ।”

मन्त्री खरेलले चुनावी उम्मेदवारीका विषयमा सञ्चार माध्यमहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले भने, “आजको दिनसम्म म कुनै पनि पार्टीमा गएको छैन र चुनावमा उठ्ने वा नउठ्ने बारे केही पनि भनेको छैन। समाचारहरू अलिक फरक ढंगले आएको छ, त्यसप्रति आपत्ति छैन। तर सही जानकारी यहाँ तपाईंहरू मार्फत स्पष्ट पार्दैछु मैले चुनावी निर्णय अहिलेसम्म गरेको छैन।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स