सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले आगामी वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तै, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय पनि गरिएको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) अन्तर्गतको ‘फोर्स्ड लेबर कन्भेन्सन, १९३०’ सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
त्यसैगरी, श्रम निरीक्षणसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको सरकारले जनाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया