भर्खरै आइपिओ ल्याएको गार्डियन माइक्रो लाइफको कस्तो छ वित्तीय विवरण ?

भर्खरै आइपिओ ल्याएको गार्डियन माइक्रो लाइफको कस्तो छ वित्तीय विवरण ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३ लाख रुपैयाँ मात्रै थियो। त्यस समय कम्पनी नयाँ भएकाले नाफा ३ लाखमा सीमित रह्यो। कम्पनीले हालै सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो

गत आवमा २ करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालू आवमा बढेर १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।त्यस्तै गत आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

गत आवमा कम्पनीको जीवन बीमाकोष ३८ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने कम्पनीले रिटेन्ड अर्निङमा ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ लाख रुपैयाँ सञ्चित गरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १२ पैसा मात्रै रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स