जलविद्युत् क्षेत्रमार्फत गरिब जनताका लागि पाँच लाखसम्म सेयरको व्यवस्था गर्छौं: ऊर्जामन्त्री खड्का

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २५ गते
जलविद्युत् क्षेत्रमार्फत गरिब जनताका लागि पाँच लाखसम्म सेयरको व्यवस्था गर्छौं: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासमा सरकारको प्राथमिकता रहेको कुरा बताएका छन्। उनले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा यो कुरा उल्लेख गरे।

उनले भने, “हिमालय र आयुर्वेद क्षेत्रबीच गहिरो सम्बन्ध रहेको छ। सङ्खुवासभालगायतका जिल्लाहरू जडीबुटीको केन्द्र हुन्, र यस्ता विश्वविद्यालयहरूले यसको सही प्रयोगमा महत्वपूर्ण भूमिका निभाउन सक्छ।”

मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई सम्झेर सरकारले यस विश्वविद्यालयलाई उच्च प्राथमिकतामा राखेको बताए। साथै, विश्वविद्यालयका लागि कर्मचारी व्यवस्थापन चाँडै हुने जानकारी पनि उनले दिएका छन्।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको र यस क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताएका छन्। उनले जलविद्युत् क्षेत्रमार्फत गरिब जनताका लागि रु दुई लाखदेखि पाँच लाखसम्मको सेयरको व्यवस्था गरिने पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स