instainsta

पेटमा भोक र आँखामा सपना बोकेर आएका छौँ, बदलिएको कांग्रेसले अब देश सम्हाल्न सक्छ: सभापति थापा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
पेटमा भोक र आँखामा सपना बोकेर आएका छौँ, बदलिएको कांग्रेसले अब देश सम्हाल्न सक्छ: सभापति थापा
AdvertisementAds

नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि अहिलेसम्मको आठ वर्ष नेपालका लागि राजनीतिमा दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्। बिहीबार कर्णाली प्रदेशमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ मा जारी संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्षहरू सरकार बनाउने, भत्काउने र टिकाउने प्रक्रियामा खर्च भएको बताए।

‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो,’ सभापति थापाले भने, ‘केवल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउनेमा यस अवधिले घुमाइरहेको थियो।’ त्यसकारण संविधानमा स्पष्ट रूपमा लेखिएका प्रावधान कार्यान्वयन हुन नसकेको उनले बताए। यस अवधिमा मधेशको पीडा र कर्णालीको सामाजिक–आर्थिक घाउ पनि पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उनले जोड दिए।

सभापति थापाले ०५२ साल र ०६३/६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठूलो केही नभएको स्मरण गर्दै, त्यसपछि पनि पर्याप्त काम हुन नसकेको उल्लेख गरे। उनले अबको समय खेर फाल्ने छुट नभएको र आगामी पाँच वर्ष (२०८२–०८७) देश र जनताको लागि स्वर्णिम काल बनाउने प्रतिबद्धता व्यक्त गरे।

थापाले कांग्रेस भित्रको परिवर्तनसँगै देशको उन्नतिको भोक र योजनाको महत्व रहेको बताए। ‘पेटमा भोक छ, आँखामा सपना छ। हामी योजना बनाएर आएका छौँ र देशलाई सम्हालेर अघि बढाउन चाहन्छौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स