नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तन आवश्यक रहेको बताएका छन्। पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीति हुँदा देश बन्न नसक्ने उल्लेख गर्दै उनले व्यक्ति होइन, विचारबाट देश चल्नुपर्ने धारणा राखे।
ठूला दल मिलेर सरकार बने पनि अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासमाथि प्रश्न उठाए। भण्डारीले भने, “विगतमा जसलाई हामीले तानाशाह भन्यौँ, उनैले दलहरूलाई दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरे । तर जेनजी आन्दोलनका बेला हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्यो । यही हो प्रजातन्त्र ?”
यस्तो अवस्थामा प्रजातन्त्र जोगाउन आत्मसमीक्षा र व्यवहारिक परिवर्तन आवश्यक रहेको उनको निष्कर्ष थियो। उनले कांग्रेसप्रति आशा व्यक्त गर्दै पार्टीलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाए।
उनले भने, “अँगेना सधैँ तातो रहँदैन। दाउरा थप्ने मान्छे भएन भने अँगेना चिसिन्छ। हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ।”













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया