युवाले चाहेजस्तो देश निर्माण गर्न हामी प्रतिबद्ध छौँ: प्रधानमन्त्री कार्की

युवाले चाहेजस्तो देश निर्माण गर्न हामी प्रतिबद्ध छौँ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियामार्फत युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

जतिसुकै मतभेद भए पनि आपसी संवाद र सहमतिका आधारमा राजनीतिक निकास खोज्दै निर्वाचनतर्फ मुलुक अघि बढिरहेको उनले बताइन्।

‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’ले मंगलबार टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार स्वच्छ, निष्पक्ष र उल्लासमय निर्वाचन रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरेसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको छ।

आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दल र युवाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले सबै पक्षको सहकार्यमा निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स