SHAREHUBSHAREHUB

कांग्रेस निर्वाचनमा आज राति ८ बजेदेखि मतदान हुने

AdvertisementAds
कांग्रेस निर्वाचनमा आज राति ८ बजेदेखि मतदान हुने
File Photo
AdvertisementAds

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक गरिएको छ। बिहान ११ बजे मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो संशोधित कार्यतालिका सार्वजनिक गरेका छन्।

त्यसअनुसार, साँझ ५:०५ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारी फिर्ता दिने समय साँझ ५:०५ बजेदेखि ५:३० बजेसम्म तोकिएको छ। अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ भने मतदानको समय बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म निर्धारित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स