instainsta

भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २८ गते
भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
AdvertisementAds

भिभोले आफ्नो अत्याधुनिक फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो। फोनको नेपाली बजार मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ र फ्यान्टम ब्ल्याक तथा ड्युन ब्राउन गरी दुई रंगमा उपलब्ध हुनेछ। भोलि अर्थात् २९ मंसिरदेखि यो फोन ई-कमर्स प्लेटफर्म दराज र देशभरका आधिकारिक रिटेल स्टोरमार्फत खरिद गर्न सकिनेछ।

यसको मुख्य आकर्षण जाइससँगको सहकार्यमा विकास गरिएको क्यामेरा सिस्टम हो। फोनमा २०० मेगापिक्सेलको जाइस एपियो टेलिफोटो क्यामेरा, अल्ट्रा-सेन्सिङ एचपीबी सेन्सर, जाइस गिम्बल-ग्रेड मेन क्यामेरा (LYT-828 सेन्सर) र ५० मेगापिक्सेलको फ्रन्ट वाइड-एङ्गल सेल्फी क्यामेरा रहेको छ। फोटोग्राफी क्षमता बढाउन भिभोले प्रो इमेजिङ चिप ‘भिएस १’ र ‘भी ३+’ प्रयोग गरेको छ।

फोनमा टीएसएमसी एडभान्स एन३पी प्रोसेसको डाइमेन्सिटी ९५०० चिपसेट, ६५१० एमएएच ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्याशचार्ज र ४० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छन्। साथै, ओरिजिन ओएस ६, मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी, अल्ट्रा-स्लिम बेजल, आईपी६८/आईपी६९ पानी–धुलो प्रतिरोधी क्षमता, आर्मर ग्लास सुरक्षा र थ्रीडी अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर जस्ता उच्चस्तरीय फिचरहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स