भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
भिभोले आफ्नो अत्याधुनिक फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो। फोनको नेपाली बजार मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ र फ्यान्टम ब्ल्याक तथा ड्युन ब्राउन गरी दुई रंगमा उपलब्ध हुनेछ। भोलि अर्थात् २९ मंसिरदेखि यो फोन ई-कमर्स प्लेटफर्म दराज र देशभरका आधिकारिक रिटेल स्टोरमार्फत खरिद गर्न सकिनेछ।
यसको मुख्य आकर्षण जाइससँगको सहकार्यमा विकास गरिएको क्यामेरा सिस्टम हो। फोनमा २०० मेगापिक्सेलको जाइस एपियो टेलिफोटो क्यामेरा, अल्ट्रा-सेन्सिङ एचपीबी सेन्सर, जाइस गिम्बल-ग्रेड मेन क्यामेरा (LYT-828 सेन्सर) र ५० मेगापिक्सेलको फ्रन्ट वाइड-एङ्गल सेल्फी क्यामेरा रहेको छ। फोटोग्राफी क्षमता बढाउन भिभोले प्रो इमेजिङ चिप ‘भिएस १’ र ‘भी ३+’ प्रयोग गरेको छ।
फोनमा टीएसएमसी एडभान्स एन३पी प्रोसेसको डाइमेन्सिटी ९५०० चिपसेट, ६५१० एमएएच ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्याशचार्ज र ४० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छन्। साथै, ओरिजिन ओएस ६, मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी, अल्ट्रा-स्लिम बेजल, आईपी६८/आईपी६९ पानी–धुलो प्रतिरोधी क्षमता, आर्मर ग्लास सुरक्षा र थ्रीडी अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर जस्ता उच्चस्तरीय फिचरहरू छन्।





