SHAREHUB SHAREHUB

माउन्टेन ड्यु खाएपछि वान्ता भएको भिडियो भाइरल: खाद्य विभागले रोक्यो बिक्री-वितरण

Advertisement Ads
माउन्टेन ड्यु खाएपछि वान्ता भएको भिडियो भाइरल: खाद्य विभागले रोक्यो बिक्री-वितरण
Advertisement Ads

सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन ड्यु सेवनपछि वान्ता भएको दाबी गर्दै भिडियो सार्वजनिक गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्कालै अनुसन्धान थालेको छ र उक्त पेय पदार्थको एक निश्चित ब्याचको बिक्री–वितरणमा रोक लगाएको छ।

उपभोक्ताको गुनासोपछि विभागको र्‍यापिड रेस्पोन्स टिमले काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने उपभोक्ताले उल्लेख गरेको घटना सम्बन्धी अनुसन्धान गर्दै काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलास्थित ‘वरुण वेभेरेज (नेपाल) प्रा.लि.’ को उत्पादन केन्द्रमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा माउन्टेन ड्युको ब्याच नं. १६८ (मिति ०३–०४–२६) को २५० मिलिलिटर प्याकमध्ये उद्योगको गोदाममा एक क्रेट (२४ बोतल) मात्र बाँकी रहेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइएको विभागले जनाएको छ।

विभागका अनुसार उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थहरूको म्याद भने वैध रहेको देखिएको छ।

हाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सो ब्याचको प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म बिक्री–वितरण रोकिएको छ। साथै, शंकास्पद ब्याचको नमूना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

Advertisement Ads

त्यसैगरी, उद्योगलाई उक्त उत्पादनसँग सम्बन्धित कच्चा पदार्थको विवरण तथा खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।

mountain dew inspection report notice 1778829385749 https://bajarkochirfar.com/video-of-vomiting-after-eating-mountain-dew-goes-viral-food-department-stops-sale-and-distribution | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स