लोडसेडिङको बेकार हल्ला चलाइयो: ऊर्जामन्त्री खड्का

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
लोडसेडिङको बेकार हल्ला चलाइयो: ऊर्जामन्त्री खड्का
AdvertisementAds

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशभर लोडसेडिङ भइरहेको भन्ने हल्ला निरर्थक भएको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री खड्काले भने कि मुलुकका केही क्षेत्रबाहेक विद्युत आपूर्ति सहज रूपमा भइरहेको छ।

उनले थपे कि सरकारले विद्युत विस्तार र आपूर्ति सुनिश्चित गर्ने काम तीव्र गतिमा अगाडि बढाइरहेको छ। मन्त्री खड्काका अनुसार हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहे पनि १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ। विद्युत निर्यातबाट सरकारलाई पाँच अर्ब रुपैयाँ बराबरको मुनाफा भइरहेको उनको भनाइ छ।

‘देशभरीको कुरा गर्ने हो भने केही क्षेत्रमा विद्युत पुर्‍याउन बाँकी छ, तर ती स्थानमा पनि विद्युत आपूर्ति भइरहेकै छ। हामीले सुधारको काम तीव्र गतिमा अगाडि बढाएका छौँ र उत्पादनलाई निरन्तरता दिएका छौँ। त्यसैले लोडसेडिङको हल्ला निरर्थक रहेको निवेदन गर्दछु,’ उनले भने।

मन्त्री खड्काले वैकल्पिक ऊर्जा विकासका लागि पनि सरकार सक्रिय भएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स