नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका योजना कार्यान्वयन निरन्तरता दिने निर्णय गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लागेको स्थगनको सन्दर्भमा विशेष छुट दिएर एमसीसी कार्यक्रमलाई अगाडि बढाउने अमेरिकी सरकारले निर्णय गरेको हो।

एमसिए–नेपालले विद्युत् प्रसारण लाइन निर्माण, सडक मर्मत लगायतका खरिद प्रक्रिया पूरा गर्दै एमसीसीसँग निकट सहकार्य गर्दै कम्प्याक्ट क्रियाकलापहरू कार्यान्वयन गरिरहेको जनाएको छ। यसअन्तर्गत, समीक्षा अघि नै सुरु भइसकेका तीनवटा सबस्टेसन र १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कामहरूलाई निरन्तरता दिइरहेको छ।

एमसिए–नेपालका अनुसार यी पूर्वाधार आयोजना नेपालका ऊर्जा र यातायात क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्नेछन् र तिनको सफल सम्पन्नतामा प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कम्प्याक्ट कार्यान्वयनमा एमसीसीको निरन्तर साझेदारीप्रति आभार प्रकट गरिएको छ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले अमेरिकाको यो निर्णयलाई बुधबार स्वागत गरेको छ र एमसीसी अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारको समर्थनलाई उच्च मूल्यांकन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स