instainsta

१०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १६ गते
१०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारणसभा
AdvertisementAds

अप्पर स्याङ्गे हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा आउँदो असोज ९ गते काठमाडौंको चप्पल कारखानास्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत नयाँ सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्दै प्रबन्धपत्र संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरिनेछ। प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभाले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्नेछ। त्यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार सो मितिसम्म कायम शेयरधनीमात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स