instainsta

पदभार ग्रहण गरे सँगै कुलमान घिसिङले दिए विद्युत् प्राधिकरणकाे वक्याैता रकम उठाउन निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
पदभार ग्रहण गरे सँगै कुलमान घिसिङले दिए विद्युत् प्राधिकरणकाे वक्याैता रकम उठाउन निर्देशन
AdvertisementAds

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय नेपाल विद्युत् प्राधिकरणको वक्याैता रकम उठाउने विषयमा केन्द्रित भएको छ।

शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै उनी मन्त्रालय नपुगी महाराजगञ्जस्थित आगलागीबाट क्षति पुगेको प्रहरी भवन अवलोकन गर्न पुगे र त्रिवि शिक्षण अस्पतालमा घाइतेहरूको अवस्थाबारे जानकारी लिए।

पदभार ग्रहणका लागि मन्त्रालय पुगेपछि उनले लामो समयदेखि विभिन्न व्यावसायिक घरानाले तिर्न बाँकी राखेको वक्यता रकम तत्काल उठाउन निर्देशन दिएका छन्।

घिसिङ यसअघि दुई कार्यकाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भइसकेका छन्। प्राधिकरणका अनुसार डेडिकेटेड ट्रंक लाइनमार्फत मात्र झन्डै सवा ८ अर्ब रुपैयाँ वक्याैता उठाउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स