उन्नति सहकार्य लघुवित्तको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३७ प्रतिशतले बढेको छ । ८ करोड ६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट र्चाजमा व्यवस्था गरेको छ ।
साथै, दोस्रो त्रैमाससम्म संचालन मुनाफा ९१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ ।रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँले ऋणात्मक र रिजर्भमा १० करोड १ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ५.७४ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत पुगेको छ ।
पुसमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ ।