युनिभर्सल पावर कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपछि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज २३ गते बिहीबार ललितपुर, तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत दरका नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, बोनस वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर निष्काशन, प्रबन्धपत्र संशोधन, लेखापरीक्षक र स्वतन्त्र सञ्चालक नियुक्ति, तथा दुई जना सञ्चालकको निर्वाचन सम्बन्धी प्रस्तावहरू पनि पारित गरिनेछन्।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया