सोलुखुम्बुको सोताङ गाउँपालिका २ र माप्य दुधकोशी गाउँपालिका ७ मा पर्ने २४.२२ मेगावाट क्षमताको इन्खुखोला जलविद्युत आयोजना युनिभर्सल पावर कम्पनीले निर्माण गर्न लागेको हो। यसको वार्षिक ऊर्जा उत्पादन १४६.६२ गिगावाट–घण्टा हुने अनुमान छ। आयोजना निर्माण लागत ६ अर्ब २३ करोड ७४ लाख ६९ हजार रहेको छ। यसमा इन्टर्नल रेट अफ रिटर्न (IRR) १२.३९ प्रतिशत र रिटर्न अफ इक्विटी १८.७४ प्रतिशत रहेको छ।
त्यसैगरी, महाकुलुङ गाउँपालिका १ र खुम्बु पासाङल्हामु गाउँपालिका १ मा पर्ने २४.४१ मेगावाट क्षमताको सुपर इन्खुखोला जलविद्युत आयोजना पनि निर्माण हुँदैछ। यसलाई दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गर्नेछ। आयोजनाको वार्षिक ऊर्जा उत्पादन १४३.०४ गिगावाट–घण्टा रहनेछ। यसको कुल लागत ४ अर्ब ९४ करोड ३७ लाख ५ हजार रहेको छ। इन्टर्नल रेट अफ रिटर्न १३.८९ प्रतिशत र रिटर्न अफ इक्विटी २१.९० प्रतिशत रहेको छ।

















प्रतिकृया