लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?



यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी असार ३० गते (सोमबार) बिहान १०:३० बजे काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १०% बोनस सेयर (२१ करोड रुपैयाँ) र ०.५२६३% नगद लाभांश (१ करोड १० लाख ५२ हजार रुपैयाँ) वितरण प्रस्ताव पारित गरिनेछ।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्‍याउन १०% हकप्रद सेयर निष्काशन प्रस्ताव परिमार्जन गरिनेछ। सभा मार्फत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्ति, पारिश्रमिक र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिने छन्। लाभांश र सभाको लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १८ गतेसम्म कायम सेयरधनीहरू मात्र सहभागी र लाभांशका हकदार हुनेछन्।


Advertisement

Screenshot 2025 06 23 105529 https://bajarkochirfar.com/united-ajod-calls-annual-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर