लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी असार ३० गते (सोमबार) बिहान १०:३० बजे काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १०% बोनस सेयर (२१ करोड रुपैयाँ) र ०.५२६३% नगद लाभांश (१ करोड १० लाख ५२ हजार रुपैयाँ) वितरण प्रस्ताव पारित गरिनेछ।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्‍याउन १०% हकप्रद सेयर निष्काशन प्रस्ताव परिमार्जन गरिनेछ। सभा मार्फत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्ति, पारिश्रमिक र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिने छन्। लाभांश र सभाको लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १८ गतेसम्म कायम सेयरधनीहरू मात्र सहभागी र लाभांशका हकदार हुनेछन्।

Screenshot 2025 06 23 105529 https://bajarkochirfar.com/united-ajod-calls-annual-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स