युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको  ३५ लाख ३८ हजार ६०४ कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन्। युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स