SHAREHUBSHAREHUB

एमालेको चुनावी घोषणापत्र अघिल्ला चुनावको भन्दा फरक र स्पष्ट हुन्छ: ईश्वर पोखरेल

AdvertisementAds
एमालेको चुनावी घोषणापत्र अघिल्ला चुनावको भन्दा फरक र स्पष्ट हुन्छ: ईश्वर पोखरेल
AdvertisementAds

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको आगामी चुनावी घोषणापत्र अघिल्ला चुनावको भन्दा फरक हुने बताएका छन्। उम्मेदवारसँगको संवाद कार्यक्रममा उनले घोषणापत्रमा “कुन काम, कहिले, कसरी” गर्ने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख हुने जानकारी दिए।

घोषणापत्र लेखन समितिका सदस्यसमेत रहेका पोखरेलले राष्ट्रिय हित, स्वाधीनता, अखण्डता र स्वतन्त्रतालगायत विषयलाई प्राथमिकतामा राखिएको बताए। साथै, सामाजिक सद्भावलाई राष्ट्रिय एकताको आधार मान्दै त्यसलाई कमजोर पार्नेविरुद्ध एकजुट हुने नीति समावेश गरिने उनले स्पष्ट पारे।

उनले विकास निर्माणसँग सम्बन्धित योजनाहरू पनि घोषणापत्रमा समेटिने र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारमा रहेका बेला अघि सारेका योजनाहरूलाई प्राथमिकतामा राखिने बताए।

साथै, सुशासनका विषय र सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरा पनि चुनावी घोषणापत्रमा समेटिने छ।

पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बनेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स