सिंहदरबार जलाउने र नेतामाथि आक्रमण गर्नेलाई एमालेले टुलुटुलु हेर्दैन, तह लगाउन ‘लठ्ठीवाला फोर्स’ तयार छ: महेश बस्नेत

सिंहदरबार जलाउने र नेतामाथि आक्रमण गर्नेलाई एमालेले टुलुटुलु हेर्दैन, तह लगाउन ‘लठ्ठीवाला फोर्स’ तयार छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सिंहदरबारमा आगो लगाउने र नेताहरूलाई लखेट्ने अराजकहरूलाई नियन्त्रण गर्न पार्टीले ‘लठ्ठीवाला फोर्स’ तयार पारेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश र सम्पर्क कमिटीको संयुक्त भेलामा बस्नेतले भने, “सिंहदरबारमा आगो लगाउने, जलाउने, नेतालाई लखेट्ने र सामाजिक सञ्जालमा अराजकता फैलाउनेहरूलाई अब एमालेले टुलुटुलु हेरेर बस्दैन। तिनीहरूको प्रतिकार गर्न हाम्रो लठ्ठीवाला फोर्स (स्वयंसेवक दस्ता) तयार छ।”

उनले एमालेका नेता तथा कार्यकर्तामाथि आक्रमण भए सशक्त प्रतिवाद गरिने पनि बताए।बस्नेतले आगामी निर्वाचनमा बुथको सुरक्षा र अराजकता नियन्त्रणका लागि माघ ९ गते ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्ने जानकारी दिए। उनले भने, “काभ्रेको धुलिखेलमा हामी १० हजार युवाको मार्चपाससहित दस्ताको घोषणा गर्नेछौँ। हरेक टोलमा एक बुथ, एक सय युवाको अवधारणामा कमिटी बनाइनेछ, जसले बुथको सुरक्षा मात्र होइन, अराजकताविरुद्ध लड्ने काम पनि गर्नेछ।”सामाजिक सञ्जालमा एमालेविरुद्ध भ्रम फैलाउनेहरूलाई साइबर सर्कल र युवा दस्तामार्फत कारवाही गरिने चेतावनी उनले दिए। बस्नेतले थपे, “एमालेलाई रोक्न खोज्ने देशी–विदेशी शक्ति र तिनका मतियारहरूलाई यो फोर्सले जवाफ दिनेछ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स