आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराएका छन् ।
भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया