झापा–५ मा बालेन शाहलाई समर्थन गर्दै एमाले नेता खतिवडाले पार्टी छाडे

झापा–५ मा बालेन शाहलाई समर्थन गर्दै एमाले नेता खतिवडाले पार्टी छाडे

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ तथा गृहनगर दमकमा एमालेले राजनीतिक झट्का बेहोरेको छ। एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्।

खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्। एमालेको ‘लालकिल्ला’ मानिने क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा सक्रिय हुने निर्णय गरेका छन्।

आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै बालेन शाहको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन्। उनले झापा–५ का उम्मेदवार बालेन शाहलाई साथ–समर्थन गर्दै अब स्वतन्त्र राजनीतिक जीवन बिताउने बताएका छन्।

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स