प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका लागि बनेको दाबी गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनले एमालेको स्थापना नै महान उद्देश्यका साथ भएको उल्लेख गर्दै भने, “यो राजनीति गर्न बनेको पार्टी होइन, यो देश बनाउन बनेको पार्टी हो।”
उनले एमालेले देशमा सकारात्मक परिवर्तन ल्याउन, सामाजिक व्यवस्थापनमा सुधार गर्न, र नागरिकलाई अधिकार सम्पन्न बनाउने लक्ष्यसहित काम गरिरहेको बताए। प्रधानमन्त्रीले नेता–कार्यकर्तालाई परिस्थितिमा परिवर्तन ल्याउने गरी व्यवहारिक र मूर्त काम गर्न निर्देशन दिँदै, जनताले प्रत्यक्ष अनुभूति गर्ने सुधारात्मक कदमहरू चाल्न जोड दिए।
उनका अनुसार जनताको जीवन सहज बनाउने, गरिबी निवारण गर्ने, र खान, लाउन, बस्न पाउने अधिकार सुनिश्चित गर्ने एमालेको प्रमुख एजेन्डा हो। उनले जनताको जीवनस्तर उकास्न र देशलाई प्रगतिपथमा लैजान पार्टीले महत्वपूर्ण भूमिका खेलिरहेको दाबी गर्दै सामाजिक व्यवस्थापनलाई थप परिस्कृत गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया