भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेतालाई एमालेले पार्टीबाट निकाल्यो
नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको आरोपमा थप पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
सुदूरपश्चिम एमालेले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट, तथा केशर मियाँलाई पार्टी सदस्यताबाट नै हटाउने निर्णय गरेको हो। खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्वसांसद समेत हुन्।