नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले कुनै पनि अवस्थामा निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले सोमबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिसुरक्षाको अवस्था मजबुत हुनुपर्नेमा जोड दिए।
“शान्तिसुरक्षाको अवस्था राम्रो हुनुपर्छ,” उनले भने, “हामी जस्तोसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ।”
उनले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए।
काठमाडौंबाट चन्द्रगढी विमानस्थल पुगेका अध्यक्ष ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीलगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
निर्वाचनलाई लक्षित गर्दै पार्टीले आयोजना गर्ने कार्यकर्ता भेला तथा बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
जेन–जी आन्दोलनका कारण गत भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन्।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया