महिलालाई २० लाख निर्व्याजी ऋण र ५ लाखको निःशुल्क जीवन बीमा गरिने एमालेको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
महिलालाई २० लाख निर्व्याजी ऋण र ५ लाखको निःशुल्क जीवन बीमा गरिने एमालेको घोषणा

नेकपा एमालेले आफ्नो घोषणापत्रमार्फत महिला सशक्तिकरण र सामाजिक सुरक्षा लक्षित लोकप्रिय नारा अगाडि सारेको छ। अध्यक्ष केपी केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजनाहरूको घोषणा गरेका हुन्।

एमालेले घोषणा गरे अनुसार २० लाखसम्म उद्यमी महिलालाई निर्व्याजी ऋण उपलब्ध गराइनेछ, २० हजार मातृ–शिशु पोषण भत्ता दिइनेछ र ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गरिनेछ।

“महिला उद्यमशीलता विकासका लागि बैंक र वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निर्व्याजी ऋण सहज रूपमा प्रदान गरिनेछ। व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था पनि गरिनेछ,” एमालेले भनेको छ।

साथै, गर्भवती महिलालाई सुत्केरी हुनु अघि र पछि स्वास्थ्य परीक्षणको लागि घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गरिने व्यवस्था हुनेछ। घट्दो जनसंख्या वृद्धिदर रोक्नका लागि सुत्केरी महिलालाई प्रतिजन्म २० हजार मातृ–शिशु पोषण भत्ता प्रदान गरिनेछ। यसैगरी गर्भवती महिलाका लागि ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गरिने पनि घोषणामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स