कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालका अध्यक्ष नै आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका छन्।
सोमबार घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता गरेका थिए। यस क्रममा रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो पार्टीका संयोजक घिसिङबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
एकताको प्रक्रिया पूरा भएपछि रास्वपाले तीनै पक्षका नेतालाई समेट्दै ११० जनाको समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो पार्टीबाट उक्त सूचीमा १८ जना उम्मेदवार परेका छन्।
उज्यालो पार्टीबाट अध्यक्ष अनुपकुमार उपाध्याय खस आर्य पुरुषतर्फ सूचीमा छन्। त्यस्तै, डा. महेन्द्र लावती, धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा, त्रीशाला गुरुङ, देवकी पौडेल, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने, रिमा विश्वकर्मा, राजदेव राम, अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी पनि समानुपातिक सूचीमा रहेका छन्।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया