SHAREHUBSHAREHUB

उज्यालो नेपाल पार्टी समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा

AdvertisementAds
उज्यालो नेपाल पार्टी समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा
AdvertisementAds

उज्यालो नेपाल पार्टी (उनेपा) प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा छ ।

उनेपाका नेता जितराम लामाका अनुसार आयोगको अधिकारिक निर्णय लिएर उनीहरू अदालत जान खोज्दैछन् । उनले बताए, ‘हामीले समानुपातिक निर्वाचन लड्ने भनेर दल दर्ता गरेका छौं र ५० हजार तिरेर रसिद पनि लिएका छौं। समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका थियौं। तर आयोगको आधिकारिक निर्णय आएको छैन।’

लामाका अनुसार उनीहरूले निर्वाचन आयोगमा जान लागेका छन्। उनले भने, ‘आयोगले हाम्रो समानुपातिक सूची लिइदियो भने भइगयो। लिइदिएन भने किन लिइएन भनेर आयोगले आधिकारिक रूपमा जवाफ दिनेछ। त्यसलाई लिएर अदालत जानेछौं।’

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएको थियो। तर उनेपाले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेर रास्वपाकै सूचीमा आफ्नो पार्टीका उम्मेदवारको नाम समावेश गराएको थियो।

रास्वपासँगको सहमति भईनु अघि नै उनेपाले आयोगमा छुट्टै सूची बुझाउन निवेदन दिएको थियो, तर आयोगले समय समाप्त भएको भन्दै फर्काइदिएको थियो। त्यसपछि उनीहरूले आयोगको पत्र लिएर अदालत जाने तयारी गरिरहेका छन्।

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स