दुई कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, कुनले कति कित्ता निष्काशन गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
दुई कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, कुनले कति कित्ता निष्काशन गर्ने ?

दुई कम्पनीले आज फागुन २६ गते आईपिओ निष्काशनको अनुमति पाएका छन् । कालंगा हाइड्रो  लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएका हुन् ।

नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रोलाई ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले सानीगड हाइड्रोलाई ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 2026 03 10 142218 https://bajarkochirfar.com/two-companies-have-received-permission-to-issue-ipos-which-one-will-issue-how-many-shares-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स