SHAREHUBSHAREHUB

३३ जना एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १९ गते
AdvertisementAds
३३ जना एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

नेपाल प्रहरीले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले नियमित प्रक्रिया अनुसार सरुवाको निर्णय गरेको हो।

सरुवा सूचीअनुसार काठमाडौं उपत्यकाका दुई महत्वपूर्ण प्रहरी परिसरमा नयाँ नेतृत्व खटाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दिलिप घिमिरेलाई पठाइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखामा कार्यरत थिए।

यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। कार्की यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, पोखरामा कार्यरत थिए।

मानव स्रोत विकास विभागका अनुसार सरुवा भएका अन्य एसएसपीहरूलाई पनि विभिन्न प्रदेश प्रहरी कार्यालय, ब्यूरो, तालिम केन्द्र तथा प्रहरी प्रधान कार्यालयका विभिन्न महाशाखाहरूमा जिम्मेवारी तोकिएको छ।

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स