हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यस आईपीओमा आवेदन दिने अन्तिम मिति असार २७ गते (भोलि) रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यसमध्ये, पहिलो चरणमा आयोजना प्रभावितहरूलाई १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता सेयर वितरण गरिसकेको छ।
अब कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ।
लगानीकर्ताले कम्तिमा १० कित्तादेखि अधिकतम १० हजार कित्ता आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड कार्यरत छ।




















प्रतिकृया