तेह्रथुम पावर कम्पनी असार १६ गतेदेखि निस्काशन गरिरहेको हकप्रद सेयर भर्ने आज साउन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको छ। कम्पनीले जेठ ५ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
तेह्रथुम पावरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, अन्य आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन गर्न सकिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया