instainsta

दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज असार २३ गते, सोमबार, अन्तिम दिन हो। लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ चुक्तापुँजीमध्ये ३८.३३% अर्थात ३९ करोड ५० लाख बराबरको सेयर निष्काशन गर्दैछ। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजनास्थित गुल्मी र बागलुङका स्थानीयलाई र २ लाख ९१ हजार १५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको छ।

दुवै समूहले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्। स्थानीयले वामी, गलकोट र पावरहाउसका शाखाबाट फारम बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स