दरमखोला हाइड्रो इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज असार २३ गते, सोमबार, अन्तिम दिन हो। लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ चुक्तापुँजीमध्ये ३८.३३% अर्थात ३९ करोड ५० लाख बराबरको सेयर निष्काशन गर्दैछ। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजनास्थित गुल्मी र बागलुङका स्थानीयलाई र २ लाख ९१ हजार १५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको छ।
दुवै समूहले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्। स्थानीयले वामी, गलकोट र पावरहाउसका शाखाबाट फारम बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल हो।