स्वरोजगार लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको लागि बुक क्लोज मिति वैशाख ११ गते तोकेको छ। त्यसैले लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज, अर्थात् वैशाख १० गते, सम्बन्धित कम्पनीको सेयर खरिद गर्ने अन्तिम दिन हो।
स्वरोजगार लघुवित्तले चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा वैशाख २९ गते बिहान ११:३० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको छ।
यता, स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले वैशाख १९ गते बिहान ११ बजे रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा आह्वान गरेको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया