६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै?

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै?

आज पुस १६ गते मंगलबार छवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स, शिवम सिमेन्ट र डिप्रोक्स लघुवित्तले भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी सनराइज बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ। यसलाई पारित गर्न पुस २४ गते बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारणसभा हुनेछ।

सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस सेयर र ०.१९२२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न पुस २९ गते बिहान साढे १० बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा साधारणसभा बोलाइएको छ।

साना किसान विकास लघुवित्तले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। यसलाई पारित गर्न पुस २३ गते बिहान १० बजे कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा साधारणसभा हुनेछ।

आईसीएफसी फाइनान्सले चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारित गर्न पुस २९ गते बिहान १० बजे बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा साधारणसभा आयोजना गरिनेछ।

शिवम सिमेन्टले चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न पुस २९ गते बिहान ९ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा साधारणसभा हुनेछ।

डिप्रोक्स लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजेबाट सुरु हुनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स