गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते, सोमबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोली, कात्तिक १८ गते, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू बैंकको वार्षिक साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकले आगामी कात्तिक २७ गते, बिहीबार, बिहान ११ बजे पोखरा–१७, बिरौटा स्थित होटल पोखरा ग्राण्डमा उन्नाइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसका अतिरिक्त, सभामा रजिष्ट्रर्ड कार्यालय स्थानान्तरण, छाप तथा लोगो परिवर्तन, अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू समेत प्रस्तुत गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स