समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा प्रयोजनका कम्पनीले भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। जस अनुसार, माघ २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
लाभांश पारित गर्न कम्पनीले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ।सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभा मा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा र लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न आवश्यक परेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ।