एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४२ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (जेठ १४) अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा भएकाले, आजसम्म कायम सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि योग्य हुनेछन्।

कम्पनीले १ः०.४२ को अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स