तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ लाभांश ?



Advertisement
Ads

आज मंसिर २० गते बिहीबार नेप्सेमा सूचिकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आज सूर्यज्योति लाइफ इन्सुरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

दुई कम्पनी सूर्यज्योति लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २४ गते बुक क्लोज गर्दैछ । मंसिर २२ र २३ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुदैन । तसर्थ, आज मंसिर २० गतेसम्म कायम  सेयरधनी मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।


Advertisement

सूर्यज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ । सभा, बिग होटल विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस १२ गते बस्दैछ । सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

फर्स्ट माइक्रोफाइनान्सले वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर