एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन हो। कम्पनीले असार २५ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो।
कम्पनीले १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ। यसअनुसार कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज मिति तोकेको थियो, जसअनुसार जेठ १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति वैशाख २६ गते प्रदान गरेको थियो। उक्त हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया