विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज, चैत २६ गते, अन्तिम दिन हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ५१,२९२.५ कित्ता एफपीओ सर्वसाधारणका लागि जारी गरेको हो।
न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तर, उपलब्ध कित्ताको आधारमा ५,१२९ जनालाई मात्रै १०–१० कित्ता सेयर पर्ने सम्भावना भएकाले १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुने देखिन्छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, सोमबार (चैत २५ गते) साँझ ५ बजेसम्म १६ लाख ९३ हजार ८५९ जना लगानीकर्ताले २ करोड ९१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन्। यो संख्या एफपीओमा मागिएको कित्ताभन्दा ३९१.७० गुणा बढी हो।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया