महुली लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

महुली लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने समय आज (पुस ९) समाप्त हुँदैछ। लघुवित्तले सर्वसाधारण समूहको हिस्सालाई १९.६८ प्रतिशतबाट बढाएर कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पुर्याउने लक्ष्यसहित पुस ५ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो।

यस अन्तर्गत, लघुवित्तले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल रकम ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपियाँ हुन्छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लघुवित्तको क्रेडिट रेटिङ इक्रा नेपालले “इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस” प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। एफपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपियाँ छ, जुन एफपीओ निष्कासनपछि बढेर ३६ करोड ९९ लाख २३ हजार ५०० रुपियाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स