प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

दोर्दी खोला जलविद्युत लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज (असार ३२ गते) अन्तिम दिन हो। कम्पनीले असार २४ गतेदेखि ९३ हजार ६२९ कित्ता सेयर लिलामीमा ल्याएको थियो।

यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। तर, तीमध्ये १९ लाख ४६ हजार ६७६ कित्ता सेयर मात्र बाँडफाँड भएपछि बाँकी सेयरहरू जेठ ११ देखि २० गतेसम्म लिलामीमार्फत बिक्री गरिएको थियो। सो प्रक्रियामा पनि बिक्री नभएका ९३ हजार ६२९ कित्ता सेयरलाई हाल पुनः लिलामीमार्फत बिक्री गरिएको हो।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन फाराम सानिमा क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय, सानिमा बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर शाखाहरू तथा गरिमा विकास बैंकको बाग्लुङ शाखामा उपलब्ध छन्।

517216910 1617730628898037 2248206188606136551 n https://bajarkochirfar.com/today-is-the-last-day-to-buy-shares-of-dordi-khola-hydropower-at-rs-100-per-share-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स