लिबर्टी इनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले १: ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।
कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेकोले कात्तिक २० गतेसम्म कयम सेयरधनीले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सि-आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत पनि लगानीकर्ताहरूले सहज रूपमा आवेदन दिन सक्नेछन्।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया