माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार ८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणका लागि १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको थियो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओको बिक्री प्रबन्धकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार आइतबार बेलुकासम्म माउण्ट एभरेष्ट पावरको आईपीओमा २३ लाख ८३ हजार ४८८ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ६१ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ६१ लाख १९ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १८.२९ गुणा बढी हो।

प्रतिकृया