नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्दैछ। जसअनुसार, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै उक्त हकप्रद सेयर भर्न सक्नेछन्।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०ः४ को अनुपातमा जम्मा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रदको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया