नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तोकिएको समयभित्र राफसाफ तथा फछ्यौटको काम पूरा नगरेको भन्दै बेनी सेक्युरिटिज प्रा. लि. (Broker No. 93) लाई ३ कार्य दिनका लागि निलम्बन गरेको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै बेनी सेक्युरिटिजलाई निलम्बन गर्न नेप्सेलाई सिफारिस गरेको थियो।
सिडिएससीको २०८३ भदौ ३ गतेको पत्रका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)छ बमोजिम बेनी सेक्युरिटिजलाई ३ कार्य दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
बेनी सेक्युरिटिज बानेश्वर, काठमाडौंमा रहेको छ।


प्रतिकृया